हेटौंडा–७ स्थित नागस्वतीमा बडा दशैंको अवसरमा जारी वडा स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आईतबार दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा नर्मल मुस्कान र वनदेवीले गोल रहित बराबरी खेलेका छन । खेलको म्यान अफ द म्याच वनदेवीका विनोद घिमेरे भएका छन । प्रतियोगिता अन्तर्गत आईबार नै भएको दोस्रो खेलमा न्यु चिसापानीले हरियाली फुटवल टिमलाई ५–१ गोल अन्तरमा पराजित गरेको छ । जित सँगै न्यु चिसापानी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

त्यस्तै आज सोमबार पनि दुई हुने भएको छ । दिउँसो २ बजे हुने पहिलो खेलमा अग्राठे र नवज्योती भिड्ने छन् भने दिउँसो ३ः३० बजे सुरु हुने खेलमा वनदेवी र ७ नं भेट्रान्स बिचको खेल हुने प्रेस संयोजक गोकुल अधिकारीले जानकारी दिएका छन् । प्रतियोगितामा २२ गतेबाट सेमी फाईनल चरणका खेलहरु सुरु हुने र फाईनल खेल २५ गते हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलका म्यान अफ द म्याच ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।