मकवानपुर उद्योग वाणीज्य संघले गरे सुमार्गीलाई स्वागत

नेपाल उद्योग वाणीज्य महासंघको केन्द्रिय सदस्यमा नवर्निचित व्यवसायी अरुणराज सुमार्गीलाई मकवानपुर उद्योग वाणीज्य संघले स्वागत गरेको छ । गत मंसिर १३ गते भएको महासंघको निर्वाचनबाट केन्द्रिय सदस्यमा निर्वाचित सुमार्गीलाई संघले हेटौंडामा स्वागत गरेको हो । मकवानपुर उद्योग वाणीज्य संघको पुर्वअध्यक्ष समेत रहनु भएका केन्द्रिय सदस्य सुमार्गीले मकवानपुरको तर्फबाट उम्मेदवार बनाएर बिजयी बनाउन भुमीका खेल्ने सबैलाई आभार व्यक्त गरे ।

उनले मकवानपुरको व्यवसायीको हितको लागि आफुले काम गर्ने बताए । सुमार्गीले पुर्वअध्यक्ष हिटलर बिसेतले बनाएको छविलाई आफुले कायम राखेको बताए । उनले आगामी दिनको नेतृत्व बनाउन मकवानपुर सफल भएको भन्दै अब मकवानपुरको आवाज नेपाल उद्योग वाणीज्य महासंघले बोल्ने बताए । संघको वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण अग्रवाल , महासचिव प्रमोदसिंह रानाभाट , पुर्वअध्यक्षहरु जिवनकाजी माकाजु श्रेष्ठ तथा उत्तम शर्मा ढकाल लगायतको उपस्तिथी रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad