Coronavirus COVID-19

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४८७ पुग्यो

काठमाडौ :  नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसाँंगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ। 

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो।

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ। 

Image may contain: text

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...