Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

Company Register

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २ लाख नाघेको छ । डब्ल.ु एच.ओ को अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ३ हजार एक सय एघार पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्ने क्रममा छ । चीनको वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख ६६ हजारभन्दा धेरै छ । हजारौं अझै बिरामी छन् भने हालसम्म ८ लाख ३४ हजार निको भएका छन् ।

Advertisement

कोरोना बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र एक चौथाईभन्दा बढी अर्थात् ५४ हजार २ सय सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ५९ हजारभन्दा बढी छ । अमेरिकापछि इटालीमा २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने स्पेनमा मृतक संख्या २३ हजार पुगेको छ । फ्रान्समा २२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने बेलायतमा २० हजार ३ सयले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण विश्वका लगभग सबैजसो देशमा भेटिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...