पानीको बहाब बढेसँगै कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ । शनिबार राति साढे १० बजपछीे भारतले सबै ढोका खुल्ला गरेको कोशी ब्यारेज स्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक इश्वरी दाहालले जानकारी दिए । आइतबार बिहान ६ बजेको मापन अनुसार पानीकोवहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ । पानी निरनतर परिरहेकाले कोशीको जलस्तर बढ्दोक्रममा रहेपनि आइतबार बिहानै देखी घट्ने क्रममा रहेको दाहालले बताए । भारतीय पक्षले ५६ वटै ढोका खोलेको यो पहिलो पटक भएको बताइएको छ । पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको हो । पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खोलेको सुनसरी प्रहरीले जनाएको छ ।