जहा सुन्दर हरियालि अनि चराचुरुङ्गिको आवाज संगै
म रमायको हुन्छु त्यहा बस्ने मलाई तिमि पाखे भन्छौ
तिमि सहरमा बस्छौ सायद तिम्रो मेरो सोचाइ फरक छ ॥

म हरेक दिन आफ्नु मनको भावना कागजमा कोर्ने गर्छु
त्यसलाइ तिमि सब बकवास हो भन्छौ
तिमि सुखमा हुर्किएउ सायद
तिम्रो मेरो जिन्दगिको भोगाइ फरक छ ॥

जहा म हजारौ आफ्नाहरु कमाउने गर्छु
त्यहा गन्दैनौ तिमि कसैलाइ दुइ चार पैसा कमाए पछि
मै हु भन्छौ तिमि धनको घमन्ड गर्छौ मनको
सायद तिम्रो मेरो जिवनको कमाइ फरक छ ॥

जहा म आफ्नु आँशु लुकाएर हजारौलाइ हसाउने गर्छु
त्यहा तिमि अरुलाइ रुवाएर आफु हास्ने गर्छौ
तिमि स्वार्थि छौ त्यसैले त तिम्रो मेरो हरेक सोचाइ फरक छ ।।

लेखक : रुकु ढुंगाना सुबेदी