चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो गीत ‘आज नगद भोलि उधारो’ मा दीपाश्री र आर्यनको रोमान्स (हेर्नुहोस् भिडियो)

अनलाइन पत्र संवाददाता२०७६-०४-०६ No Comments

नेपाली चलचित्र ‘हजार जुनीसम्म’को दोस्रो गीत ‘आज नगद भोलि उधारो’ साउनी भन्दै आर्यन सिग्देलले निर्देशक दीपाश्री निरौलालाई फकाउदै भिडियो सार्वजनिक गरिएको छ।

उक्त गीतमा नायक आर्यन सिग्देल र निर्देशक दीपाश्री निरौला फरक भूमिका देखिएका छन् भने गीतमा आर्यन र दीपाश्रीसँगै नायिका स्वस्तिमा खड्का,अखिलेश प्रधान र हाँस्य कलाकार शिवहरी पौडेल रहेका छन् ।

एकनारायण भण्डारीको शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् भने उक्त गीतमा मिना निरौला, प्रल्हाद तिमिल्सिनाको स्वरमा सजिएको छ । सामिप्यराज तिमल्सेनाको पटकथारहेको चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका छन् ।चलचित्र आउदो भदौ ६ गतेबाट देशभर रिलिज हुँदैछ ।

Chat Icon
Ad
Ad