Breaking
7 Dec 2024, Sat

कुखुरा पालन व्यवसाय कसरी संचालन गर्ने ? जानिराखौ …

खोर कस्तो, कहाँ र कसरी बनाउने ?

  • जमिनभन्दा अलिकति माथि पूर्व अथवा पश्चिम फर्केको खोर बनाउने
  • साना चल्ला हुर्काउने खोर ठूला कुखुरा र फुल पार्न आँटेका कुखुराको खोरभन्दा ३०० फीट टाढा बनाउने
  • खोरहरूको बीचमा कम्तीमा ३० फीट खाली भाग हुनुपर्छ
  • खोरको चौडाइ ३२ फीट, खोरको मध्यभागको उचाइ १२–१४ फीट हुनुपर्छ
  • चिसो ठाउँमा ६–८ फीटको पर्खाल तथा गर्मी ठाउँमा ८–१० फीटको पर्खाल हुनुपर्छ
  • पर्खालको तलको तीन चौथाइ भाग इँटाको पक्की र माथिको एक चौथाइ भागमा जाली लगाउनुपर्छ
  • खोरको छानामा खर, पराल, छ्वाली वा जस्तापाता आदि प्रयोग गर्नुपर्छ
  • खोर वरिपरि रुख बिरुवा रोप्दा राम्रो हुन्छ

चल्ला कसरी हुर्काउने ?

  • चल्ला किन्दा लुलालङ्गडा, ख्याउटे, झोक्राएका चल्ला किन्नु हुँदैन
  • ब्रोइलर कुखुराका लागि खोरको ओस सोस्ने र कुखुरालाई आराम दिने खालको कम्तीमा २ इञ्च बाक्लो सोत्तर हाल्ने (जस्तै काठको धूलो, धानको भूस, बदामको बोक्रा, छिमलेको घाँसका टुक्रा आदि)
  • सोत्तरलाई पाँच पत्र न्यूज प्रिण्ट पेपर (पत्रपत्रिकाका कागज)ले छोप्ने
  • खोरमा चल्ला भित्र्याउनुभन्दा २४ घण्टा अगाडि ब्रुडरको बत्ती/हिटर बाली खोरको तापक्रम ९० देखि९५ डिग्री फरेनहाइट राख्नुपर्छ। तर चल्ला ठूलो भएपछि ५० डिग्री फरेनहाइटसम्म घटाउन मिल्छ
  • ब्रुडरको चारैतिर प्रति २५० चल्लाका लागि ६ ओटा पानीको भाँडा राखि त्यो पानीमा भिटामिन ए, सी, इलेक्ट्रोलाइट र सहजैविक चिजहरु मिसाएर राख्नुपर्छ
  • हावाहुरीको समस्या भए झ्यालढोकामा बार्नुपर्छ तर खोरको माथिल्लो तहको हावा बाहिर जाने ठाउँ भने खुला राख्नुपर्छ

कस्तो दाना दिने?

  • दाना किन्दा भरपर्दो, विश्वसनीय तथा प्राविधिक सल्लाह र क्षतिपूर्ति पनि दिने दाना उद्योगसंग किन्ने
  • ब्रोइलर कुखुरालाई पहिलो चार हप्ता स्ट्राटर दाना दिने र बिक्री गर्ने बेलासम्म फिनिसर दाना दिने
  • नियमित अवधि, उमेर र स्वास्थ्य स्थितिअनुसार सधैँ दाना दिने

चल्ला/कुखुरा बिरामी भए के गर्ने ?

  • कुखुरा/चल्लालाई रानीखेत, गम्बोरो, लिचीजस्ता रोग लाग्नसक्छ, कुखुराको उमेरअनुसार मिल्ने गरी खोप लगाउने
  • १०० वटा कुखुरामध्ये एउटा मात्र बिरामी भए पनि तुरुन्त विज्ञसँग सल्लाह गरी रोगको उचित उपचार गर्ने
  • यस्तो रोगको उपचारमा दाना डिलर, नजिकको एग्रोभेट वा घुमन्ते चिकित्सकको भर नपर्ने
  • खोर वरिपरि नियमित चूनपानी छर्ने
  • खोरमा जथाभावी भुस्याहा जनावर, काठेहाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी आउन नदिने
  • खोरमा मरेका कुखुरालाई पर लगेर सुरक्षित रूपमा गाड्ने
  • एक चरणका कुखुरा भरसक एकैपटक बिक्री गर्ने
Ad
Ad