Coronavirus COVID-19

निरन्तर वर्षाले विरगञ्ज ढुवान

[Ads]

बिहीबार देखी निरन्तर परिरहेको वर्षाका कारण वीरगञ्ज महानगरलगायत पर्साका विभिन्न ठाउँ डुबानमा परेका छन् । महानगरपालिकाका आदर्शनगर, ओम आश्रम, नगुवा, रानीघाट मुसौली र लक्ष्मनुवालगायत क्षेत्र डुबानमा परेका हुन् । बाढीका कारण बस्तीहरू डुबानमा परेपछि अत्यावश्यक कामका लागी बाहिर जानसमेत कठिनाइ भएको स्थानीयले बताए । उद्धारका लागि तयारी अवस्थामा रहे पनि अहिलेसम्म कुनै सूचना नआएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले उद्धारटोली र पाँचवटा डुंगा तयारी अवस्थामा रहेको बताए ।

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.