
फरक स्वरका कारण आस्था राउतले छोटो समयमा नेपाली संगीत क्षेत्रमा बेग्लै पहिचान बनाइन् । उनको पहिलो एल्बम ‘आधार’का दुई गीत ‘झुम्के बुलाकी’ र ‘चौबन्दीमा पटुकी’ निकै रुचाइए । अहिले आस्था द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनमा जज को भूमिका निभाईरहेकि छिन । आस्था संग गरिएको केही कुराकानी यस्तो छ ।
मोटाउनुदेखि डर लाग्छ है ?
म त बच्चादेखि नै हट्टाकट्टा मान्छे । अब झन मोटाएँ भने त तनाव भइहाल्छ नि । जे होस् मेरो स्वर, गायन र पर्फमेन्स अनुसार मेरो ज्यान ठिक छ, कुनै समस्या छैन् । मेरा साथीहरु भन्छन्,‘दुब्लो ज्यान मेरो पर्सानिलीटीलाई सहुाउँदैन् ।’ मलाई पनि त्यस्तै लाग्छ ।
राति कति बजे सुत्नुहुन्छ ?
११–१२ बज्छ । कहिले मुभी, कहिले युट्युब, कहिले फेसबुकमा झुण्डिएर ढिला भइदिन्छ ।
हिजोको दिन कस्तो रह्यो त ?
हिजो विदाको दिन । ममी ड्याडी सबै घरमै हुनुहुन्थ्यो । फुपु पनि आउनुभएको थियो । घरमै कुराकानी गरेर दिन बित्यो । अरु बेला पनि म घरबाहिर गएँ भने साँझचाँही छिट्टै घर फर्किन्छु । राति ८ बजेभन्दा अगाडी घर आइपुग्नुपर्छ । नत्र कर्फ्यू जारी हुन्छ । मेरो ममी टिचर हुनुहुन्छ । टिचरको छोरी भएपछि अनुशासनमा त बस्नैपर्यो । झन म त बाआमाको एक्लो सन्तान १
नयाँ एल्बमको तयारीमा हुनुहुन्छ हो ?
हो । करिब दुई वर्षको होमवर्कपछि मेरो पहिलो एल्बम ‘आधार’को भाग–२ लिएर आउँदैछु । एल्बममा सातवटा गीत हुनेछन् । अघिल्लो एल्बममा मेरो मामुको दुुई गीतमा शब्द थियो, यसपल्ट एउटा गीत लेख्नुभएको छ। संगीत गुरु सुरेश अधिकारीकै छ । त्यस्तै महाराज थापाको एकल एरेन्ज छ ।
पहिलेभन्दा के फरक छ ?
पहिलेको भन्दा ‘एक लेभल अप’नै गर्ने प्रयास गरेकी छु । गीतमार्फत महिला ससक्तिकरण, वैदेशिक जीवन, आम मान्छेका जीवन सबै समेट्ने कोशिष गरेकी छु । लोक लयमै आधारित रहेर गीतहरु तयार भएको छ ।
भनेपछि गीतहरु चेतनामुलक छन् ?
मेरो गीतमा चेतना भएन भने त के आस्था राउत ?
तपाईले केही दिनअघि राज्यले कलाकारहरुलाई बेवास्ता गरेको भन्दै ‘मलाई अकालमा मर्नु छैन’ भन्ने आशयको स्टाटस लेख्नुभयो, कसरी यस्तो सोच मनमा आयो ?
अहिले अग्रज संगीतकर्मी पुर्ण गुरुङको किड्नी फेल भएर अस्पतालमा हुनुहुन्छ । बासुदेव मुनाललाई थ्रोट क्यान्सर भएको छ । ओमविक्रम विष्ट पनि बिरामी हुनुहुन्छ । यसरी थुप्रै कलाकार बिरामीको चपेटामा पर्नुभएको छ । तर राज्य मौन छ । राज्य कलाकारलाई गहना भन्छ तर उनीहरुको योगदानको कदर गर्दैन ।
ठूलो रोग लाग्दा पाँच लाख रुपैयाँ दिने प्रावधान त छ रे १ तर त्यो पाँच लाख पाउन पनि कति पापड बेल्नुपर्ने हो रु कहाँ–कहाँ धाउनुपर्ने हो रु क–कसको हात जोड्नपर्ने हो रु परेको बेलामा राज्यले हेर्दैन भने त्यसको कुनै औचित्य छैन् । पर्दाखेरी मर्दाखेरी सपोर्ट हुँदैन भनेर अरुबेला सम्मान दिएको के काम रु बरु दर्शकरश्रोताले जस्तोसुकै अवस्थामा पनि सम्मान गरिरहेका छन् ।
मेरो मनमा यस्तै सोचहरु आएपछि स्टाटस लेखेकी हुँ । यो सासको त के भर छ र रु तर यसरी दुःख पाएर मर्नु नपरोस् भन्ने डर लागिरहन्छ । त्यसैले चिन्ता पोखेकी मात्र हुँ । अर्को कुरा म पनि भूकम्पपीडित हुँ । मेरो दोलखाको पुर्खौली घर पनि भत्क्यो । पूरानो भएकाले बानेश्वरको घर पनि चर्कियो । तर पनि म आफ्नो लागि भन्दा अरुका लागि कार्यक्रम गर्दै हिडेँ ।
अरु कलाकार पनि यसैगरी लागेँ । डेढ वर्ष यसरी सामाजिक कार्यक्रममै बित्यो । देशका लागि यसरी योगदान पुर्याउने कलाकारलाई राज्यले नसम्झिदा दुःख लाग्दो रहेछ ।
बेलाबेला तपाई ‘आफु सिंगल छु’ भन्दै स्टाटस लेखिरहनुहुन्छ । यसो भन्दा तपाईका फ्यानले पत्याउलान् रु
अनि आस्था राउत सिंगल हुन पाउँदैन रु के मचाँही सिंगल नै मर्नु रु हामीलाई माया गर्ने मान्छे चाँहिदैन र रु मैले मलाई ज्ञानी केटा, छोरी(चेलीलाई सम्मान गर्ने, सबै जातजात धर्मलाई सम्मान गर्ने, मै हुँ भनेर घमण्ड नगर्ने समझदार र पढेलेखेको केटा चाहियो भन्दा यस्तो त कहाँबाट पाइन्छ भन्छन् । तर मलाई यति त पाइन्छ जस्तो लाग्छ ।
ज्योतिषले पनि मलाई चिना हेराउँदा राम्रो, पढेलेखेको र मलाई बुझ्ने खालको केटा पाउँछु भनेको छ । तर कहाँ छ त्यो केटा रु धेरै ढिला नगर भन्न चाहन्छु । नढाँटी भन्छु, अहिले सम्मचाँही म सिंगल नै छुँ ।
तपाईले हालसालै एक कुराकानीमा ‘केटाहरु म्याथमेटिक्स जस्तै लाग्छन्’ भन्नुभएछरु
मलाई सानैदेखि हिसाब भन्नेवित्तिकै पिसाब आउने१ अर्थात् एकदमै मन नपर्ने । बुझ्नै गाह्रो लाग्थ्यो । हो त्यस्तै केटाहरु पनि बुझेर बुझिनसक्नु हुन्छन् भन्न खोजेकी हुँ । भित्र एउटा बाहिर अर्कै हुन्छन् ।
पहिलोपल्ट कुनै केटा देख्दा सबैभन्दा पहिला तपाईको नजर केमा जान्छ ?
चस्मा लगा’को छैन भने त आँखामै जान्छ । तलदेखि माथिसम्म हेरिन्छ । सफा र चिटिक्क परेको सिम्पल केटा मनपर्छ । मेरो बुढा पनि यस्तै होस् र पछि सँगै हिँड्दा अरु कोही केटीले आँखा लगायो भने, ‘हेर, बुढा तिमीलाई कस्तो आँखा लगायो त यार १’ भन्थेँ जस्तो लाग्छ ९हाँस्दै० ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




