Coronavirus COVID-19

सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

[Ads]

नेपाली भूमि अतिक्रमण गरिएको तथा नेपालमा गैर कानूनी गतिविधि बढाएको विरोधमा सप्तरीका स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । सप्तरीको कञ्चनपुरमा स्वतन्त्र नागरिक समाजले चीन विरोधी प्रदर्शन गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेको हो ।

सप्तरी तथा जनकपुरमा समाजले गरेको चिनियाँ विरोधी प्रदर्शनमा सयौंको स‍ंख्यामा स्थानीय युवाहरु सहभागी भएका थिए । त्यस्तै स्वतन्त्र राष्ट्रवादी युवाहरुको समूहले यसअघि विभिन्न जिल्लामा चीन विरोधी प्रदर्शन गर्दै आएका थिए । नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् । नेपाली भूमि मिचेको विरोधमा केही दिन अघि बर्दिया, सर्लाही लगायतका जिल्लामा पनि चीन विरोधी प्रदर्शन भएको थियो ।

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.