Coronavirus COVID-19

ग्यास लिक हुँदा हेटौँडा हुदैँ चल्ने सवारी साधन नै बन्द

[Ads]

खाना पकाउने ग्यास बोकेर रक्सौल नाका हुदै नेपाल भित्रिएको ग्यास बुलेटबाट ग्यास लिक भएपछि बिहीबार रातिदेखि त्रिभुवन राजपथनै अवरुद्ध भएको छ । ग्यास लिक भएकोले ग्यास बलेट व्यवस्थापनमा प्रहरी लागि परेको छ । इलाका प्रहरी कार्यालय सिमरामा प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले रक्सौलबाट हेटौंडा तर्फ जाँदै गरेको एक भारतीय बुलेट जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जको तीन र चार नम्बर पुल बीचको जंगलमा रोकेर राखिएको जनाएका छन् ।

हामीले सम्भावित खतरालाई मध्यनजर गर्दै सडकखण्डनै बन्द गरेको त्यसको व्यवस्थापन लागेका छौ प्रहरी नायब उपरीक्षक पुरीले बताएका छन् । चालकले ग्यास लिक भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। राजमार्ग बन्द गरिदा हेटौंडा हुदै नारायणगढ र काठमाडौं जाने र पथलैया हुदै पूर्वजाने सवारीसाधन बिचैमा सबै रोकिएका छन्।

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.