Comments Add Comment

बानियाँद्वारा ३ करोडको योजना बाँडफाँड

३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका योजना बाँडफाँड गरेका छन् । बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा २ को ३ करोड रुपैँयाको १३ वटा योजनाहरु बाँडफाँड गरेको हो ।


बैठकले ४ वटा योजना ५०/५० लाख रुपैँयाको र ८ वटा योजना १० लाख  र एउटा २० लाख रुपैँयाको रुपैँयाको बाँडफाँड गरेको छ । बैठकले कैलाश गाउँपालिका वडा नम्बर २ को बैकुण्ठ–खोलाखर्क–छ्याङ्दुङ सडक स्तरोन्नति, मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको  अग्निहोत्रा आश्रम भवन निर्माण, राक्सिरा गाउँपालिका वडा नमबर ५ को बोटवारी परेवाभिर जोड्ने सडक र मनहरी गाउँपालिका वडा नम्बर ५ को दरदरा बसन्तपुर सडकका लागि ५०/५० लाख रुपैँया बजेट बाँडफाँड गरेको छ । हेटौँडा–१९ को डोदोन छोईलिङ बौद्ध गुम्बा पूर्वाधार निर्माणका लागि २० लाख रुपैंया बाँडफाड भएको छ । 


त्यसैगरी, हेटौँडा–१९ को शेर–शेर डुमारे सडक, हेटौँडा–१९ कै लेवट लेखपाति ज्यामिरे जोड्ने सडक, मनहरी गाउँपालिका वडा नम्बर ७ को पेमा छोईलिङ बौद्ध विहार गुम्बा पूर्वाधार निर्माण, कैलाश गाउँपालिका वडा नम्बर ४ को बेलटार–धुस्राङ–गरखाल मोटरबाटो स्तारोन्नतिका लागि १०/१० लाख बाँडफाँड गरेको छ । योजनाहरु चालु आर्थिक बर्ष २०७६/०७७ मा कार्यान्वयन हुनेछन् ।
बैठकले राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को तर्लिङताल्ती सडक ट्रयाक खोल्ने कार्य, मनहरी गाउँपालिका वडा नम्बर ९ को सुवेदी टोल खानेपानी आयोजना, मनहरी गाउँपालिका वडा नम्बर ५ को वण्डेश्वर महादेव मन्दिर पूर्वाधार निर्माण र हेटौँडा–३ को फडिङचोक सिंचाई आयोजनाका लागि १०/१० लाख रुपैँया बाँडफाँड गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर