सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

अनलाइन पत्र संवाददाता२०८१-१०-०७ No Comments

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad