Comments Add Comment

मोटरसाइकलमा हिँडिरहेका क्याम्पस प्रमुखमाथि गोली प्रहार

बारा : बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि आज साँझ गोली प्रहार भएको छ।बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार गोली पिठ्युँमा लागेको छ।उनले घटना आज साँझ ५ बजेतिर भएको बताए। गोली हान्ने व्यक्ति अज्ञात रहेको जानकारी दिँदै उनले कारण नखुलेको र अनुसन्धान भइरहेको बताए। कुशवाहको अहिले बयोधा अस्पताल, वीरगञ्जमा उपचार भइरहेको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर