Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुर गढी गाउँपालिकाभरका शिक्षकहरुको मैत्रिपूर्ण बनभोज सम्पन्न

Company Register
मकवानपुरग९ी गाउँपालिकाभरका शिक्षकहरुको मैत्रीपूर्ण वनभोज कार्यक्रमपछि सामूहिक तस्वीर लिँदै । तस्वीर:सुनिल गौतम

मकवानपुर गढी गाउँपालिकाभरका शिक्षकहरुको मैत्रिपूर्ण बनभोज कार्यक्रम आज हटियाको जुरेथुममा सम्पन्न भएको छ । नयाँ शैक्षिक उर्जा प्रप्त गर्न तथा शिक्षकहरुबीच मैत्रीपूर्ण वातावरण तयार पार्न बनभोज कार्यक्रम आयोजना गरिएको वनभोज संयोजक होम बहादुर नेपालीले जानकारी दिनुभयो । १० सदसीय बनभोज समिति निर्माण गरी कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

मकवानपुर गढी गाउँपालिकाका शिक्षा प्रमूख रामबहादुर घलानको प्रमूख आतिथ्यता रहेको बनभोजमा स्रोत शिक्षक द्वय दाशरथी उपाध्याय र ईन्द्र बहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बौद्धिक एवम् रचनात्मक शैक्षिक मैत्रिपूर्ण खेलहरु शिक्षकबीच खेलाईनुका साथै परिचयात्मक कार्यक्रम राखिएको थियो । कार्यक्रममा मकवानपुर गढी पालिका एउटा सिङ्गो घर र त्यहाँ रहेका शिक्षकहरु त्यही परिवार रहेको संज्ञा दिँदै आफ्ना परिवारका सदस्यबीच पनि अपरिचित हुनुपर्ने अवस्था नरहोस् भन्नका लागि यसले निकै प्राथमिकता पाएको सहभागीहरुले धारणा ब्यक्त गरेका हुन् ।

होम बहादुर नेपालीको संयोजकत्वमा सम्पन्न वनभोज कार्यक्रमलाई सुनिल गौतमले सञ्चालन गरेका हुन् । कार्यक्रममा शिक्षक महासंघ मकवापुरगढी अध्यक्ष लिलानाथ ढुङ्गेल, एकिकृत अखिल नेपाल नेपाल राष्ट्रिय शिक्षक संगन मकवानपुर अध्यक्ष गोकुल लम्साल, नेपाल नेपाल राष्ट्रिय शिक्षक संगन मकवानपुर गढी अध्यक्ष शिवप्रसाद लामिछाने, शिक्षक संघ मकवानपुर सचिव केशव देवकोटा, एकिकृत अखिल नेपाल नेपाल राष्ट्रिय शिक्षक संगन मकवानपुरगढी अध्यक्ष यादव अधिकारी शिक्षकहरु तीर्थ खड्का मनकाजी घलान राजु सञ्जेल भोजराज चापागाई लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्र हरेक वर्ष निरन्तरता दिईने स्रोतशिक्षक द्वय दाशरथी उपाध्याय र ईन्द्रबहादुर कार्कीले प्रतिवद्द्ता ब्यक्त गरेका हुन् । कार्यक्रमलाई प्रमूख अतिथी रामबहादुर घलानले संवोधन गर्नुभएको हो ।

हेर्नुहोस् तस्वीरहरु:

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...