Comments Add Comment

हुन्डाइले ल्यायो फेस्टिभ डिलाइट : यस्ता छन् विशेषता

काठमाडौं : लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेताले हुन्डाइ फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ। दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित उक्त योजना ल्याइएको हो।उक्त योजना भदौ २ गतेदेखि कार्त्तिक १६ गतेसम्म लागू हुनेछ।

यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट र १ वर्ष निशुल्क वीमा पाउनेछन्। साथै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, लक्‍की ड्रमार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबइ भ्रमण तथा बम्पर उपहारको व्यवस्था गरेको छ।

बम्पर उपहारअन्तर्गत लक्‍की ड्रमार्फत हुन्डाइ स्यान्ट्रो एक थान र हुन्डाइ भेन्यु एक थान जित्न सक्नेछन्। उक्त योजनाअन्तर्गत सबै हुन्डाइ गाडीहरुमा ३ वर्ष वारेन्टी,४ वर्ष फ्री सर्भिसिङका साथै निशुल्क सवारी कर भुक्तानी उपलब्ध छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टले नेपालभर १३ शोरुम तथा तथा १७ सर्भिस सेन्टहरुमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर