
मकवानपुर, १ भदौ । करिब एक दशकदेखि संचार क्षेत्रमा क्रियाशिल मकवानपुरे पत्रकार नवराज वाईबा रेडियो भरोसा १०५.२ मेगाहर्जको स्टेसन संयोजकमा नियुक्त भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ निवासी वाईबा नेपाल पत्रकार महासंघका सदस्य पनि हुन् ।
हेटौँडाको जिएस चोकमा अवस्थित रेडियो भरोसामा वाईबाले आजैदेखि कार्यभार सम्हालेका छन् । रेडियोका स्टेसन म्यानेजर तथा सञ्चालक सशान्त तामाङ सहित कानुनी सल्लाहकार अधिवक्ता बालकृष्ण शर्मा अधिकारीले वाईबालाई स्वागत गरेका छन् । लामो समयदेखि मकवानपुरको एकमात्र तामाङ तथा नेपाली भाषामा प्रकाशित हुने ‘ताम्सालिङ काअी’ साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक समेत रहेका वाईबाले रेडियो निकास र रेडियो मकवानपुरमा समेत कार्यअनुभव संगालिसकेका छन् । वाईबा तामाङ पत्रकार संघका प्रदेश पार्षद समेत हुन् ।
अनलाईनमा श्रोताका मन जित्न सफल रेडियो भरोसा पछिल्लो समय फ्रिक्वेन्सीमार्फत १०५.२ मा पनि सुन्न सकिन्छ । रेडियोमा आवद्ध भएसँगै संयोजक वाईबाले रेडियोमा विभिन्न शिक्षामुलक तथा चेतनामुलक कार्यक्रमहरु समेत सुरुवात गर्ने लक्ष्य राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




