यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सुनको मूल्य फेरि बढ्यो, यस्तो छ आजको बजार भाउ


काठमाडौं – सुनचाँदीको मूल्य साताको अन्तिम शुक्रबार पनि बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीकै भाउ वृद्धि भएको हो ।

Advertisement
शुक्रबार छापावाला सुनको प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार शुक्रबार एक हजार रुपैयाँले वृद्धि भएको छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार प्रतितोलाको ९६ हजार २ सयमा कारोबार भएको थियो । साथै तेजावली सुन प्रतिप्रतितोला ९६ हजार ७ सयमा रुपैयाँमा शुक्रबार कारोबार भइरहेको छ ।
यस्तै ४५ रुपैयाँले बढेर शुक्रबार चाँदी प्रतितोलाको १२ सय ५५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।