यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

उच्च अदालत दीपायलका १८ जना कर्मचारीमा कोरोना पुष्टि


उच्च अदालत दिपायलमा कार्यरत १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणबाट उच्च अदालमा कार्यरत १८ जनासहित ३१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले सार्वजनिक गरेको विवरण अनुसार उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । उच्च अदालतमा कार्यरत कर्मचारीको असोज २६ गते स्वाब संकलन गरिएको थियो ।