यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

साइरियस अङ्ग्रेजी माध्यमिक विद्यालयद्वारा सिकाइ व्यवस्थापन विषयमा कार्यशाला सम्पन्न


काठमाडौं – काठमाडौँको बाफलमा अवस्थित साइरस अङ्ग्रेजी माध्यमिक विद्यालयले स्थापनाकाल देखि नै विद्यार्थी केन्द्रित क्रियाकलपहरूमा र गुणस्तरीय सिकाइमा प्रतिबद्ध रही विविध क्रियाकलापहरु गर्दै आईरहेको विद्यालयले , लक डाउन को समयको सदुपयोग गर्दै तिन दिने सिकाइ व्यवस्थापन प्रणालीको बारेमा अनलाइन कार्यशाला संपन्न गरेको छ ।

Advertisement
लक डाउनको प्रारंभ दिन देखि नै अनलाइन कक्षा सञ्चालन गरेको विद्यालयले शिक्षकहरूको लागि पुन कार्यशालाको आयोजना गरेको हो । प्रशिक्षक विवश थापाले विविध वेव टुल्स र सिकाइ व्यवस्थापन प्रणाली मुडल र इजि क्लासरूम को बारेमा प्रशिक्षण दिनुको साथै प्रयोगात्मक तरिकाले सिकाइ व्यवस्थापनको प्रशिक्षण समेत दिनु भएको थियो। उक्त कार्यक्रममा पचास भन्दा बढी शिक्षकहरूको उपस्थित रहेको र अन्य विद्यालयका शिक्षक शिक्षिकाको पनि उपस्थित थियों । उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
तीनदिने कार्यशालाको सञ्चालन शैक्षिक निर्देशक समीक्षा बिडारीले गर्नु भएको थियो। विगत लामो समयदेखि विद्यार्थी र शिक्षकहरूलाई अन्तराष्ट्रिय स्तर, राष्ट्रीय स्तरका प्रशिक्षकहरु बाट प्रशिक्षण दिँदा शिक्षण सिकाइ क्रियाकलाप रुचिपूर्ण, दिगोपन र प्रभावकारी भएकोले विद्यालयले आगामी दिनमा पनि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने शैक्षिक निर्देशक बिडारीले बताउनु भयो।