
दुर्लभ वन्यजन्तु कस्तुरीको विनासहित दुईजना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका १० मनमैजु मालपोत कार्यालयचोक नजिक प्रतिक्षालय बस्दै गरेको अवस्थामा दोलखाका ३६ वर्षीय बाबु नेपाली र ४५ वर्षीय रमेश लामालाई आइतबार दिउसो पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले नेपाली र लामाले चारवटा सेतो रङको प्रतिबन्धित बिनासहित पक्राउ गरिएको जानकारी दिए। पक्राउ नेपाली र लामाको साथबाट प्रहरीले ७७ ग्राम ४५ मिलिग्राम कस्तुरीको बिना बरामद गरेको छ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






