Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

के महामारीमा क्रिप्टोकरेन्सी प्रयोग गर्न सुरक्षित छ?

Company Register

चीनको वुहानबाट शुरूभएको कोरोनाभाइरस (कोविड-१९) को प्रकोप , विश्वमहामारीको रुप लिन सफल भयो र द्रुतगतिमा संसारभरि फैलिन सफल रह्यो। भाइरसकै कारणले लाखौं मानिसहरू प्रभावित भए र हजारौंको मृत्यु पनि भयो। यो विस्वयपी महामारी नियन्त्रण गर्न, सरकारले यात्रा प्रतिबन्ध, विद्यालय हरू बन्द र कर्फ्यु जस्ता धेरै प्रतिबन्धहरु लागू गरेको छ। यस प्रतिबन्धकै कारणले हाम्रो दैनिक दिन चरियामा धेरै असर परेको छ। वर्ष २०२०ले क्रिप्टो उद्योगका लागि धेरै अनुमान र अप्रत्यासित चुनौतीहरू ल्याएको छ। यसले परम्परागत बजारमा मात्र होइन क्रिप्टो बजारलाई पनि असर गरेको छ। समग्रमा विश्व अर्थव्यवस्था नै ध्वस्त भएको छ। तर हामीले यो तथ्यलाई स्वीकार्नु पर्छ कि कोविदकै कारणले गर्दा IT र डिजिटल क्षेत्रहरूलाई आश्चर्यजनक बृद्धि मिलेको छ।

Advertisement

क्रिप्टो, विश्वभरका धेरै मानिसहरू द्वारा व्यक्तिगत रूपमा प्रयोग भइरहेको छ र सरकारबाट स्वतन्त्र मानिन्छ। यस सन्दर्भमा, कोविड-१९ले मानिसहरूको मुद्रालाई परम्परागत मुद्राबाट क्रिप्टोकरेन्सीमा परिणत गरेको भन्न सकिन्छ।

फिगर:- Bitcoin को मूल्य पूर्वानुमान

यस महामारीले मुख्यतया आर्थिक स्थितिलाई असर गरेको छ र परिणाम स्वरुप विभिन्न व्यवसायहरू खस्किएका छन्।परम्परागत बजार कोविड-१९को मुख्य शिकार भएको छ। जब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरस (कोविड-१९) लाई विश्वव्यापी महामारीको सुचीमा राख्यो तब यूरोपेली र एशियाई शेयर बजार नाटकीय रुपमा तल झर्यो। शेयर बजारको नाटकीय गिरावटको कारणले डिजिटल मुद्रा वा क्रिप्टोकरेन्सीहरुलाई बाँच्न गाह्रो भइरहेको छ। त्यसैले यस महामारीको शिकार दुवै क्रिप्टो बजार र परम्परागत बजार हुन्।

के यो महामारीमा क्रिप्टोकरेन्सी प्रयोग गर्न सुरक्षित छ?

क्रिप्टो लगानी भनेको वास्तविक मुद्राहरू जस्तै डलरको साटासाट गर्दै अनलाइन खरीद गर्न सम्बन्धित क्रिप्टोकरेन्सीको “Coins”  खरीद गर्नु हो। यसको मतलव तपाईंले आफ्नो सम्पत्ति वा पैसा यस डिजिटल स्पेसमा लगानी गर्नुपर्छ। हामी मानिसहरु आफ्नो सम्पत्ति र पैसा (“धन”) प्रति धेरै रक्षात्मक छम। यो हाम्रो स्वभाव नै हो।क्रिप्टोकरेन्सीको व्यापार यस महामारीको समयमा सुरक्षित छैन। मैले पहिले नै मानव स्वभावको बारेमा बताइसकेको छु कि हामी आफ्नो धन प्रति कति रक्षात्मक छम। यस महामारीको अवधिमा जहां विश्वव्यापी आर्थिक स्थिति नै कम्जोर रहेको हुँदा र महामारीले गरेको क्षति बाट रिकभर हुने सम्भावना अस्पष्ट हुँदा व्यापार गर्नु जोखिमपूर्ण छ। विश्व अर्थतन्त्रमा कोरोनभइरसले लाएको सम्भावित प्रभावहरुका बारेमा सबैलाई थाहा नै छ। यसमा कुनै संका नै छैन कि महामारीले ल्याएको असरलाई केही देशहरुले सामना गर्न सक्दैनन्।

विश्वव्यापी आर्थिक तस्विर निराशाजनक हुँदै गइरहेको छ। यस महामारीको विरुद्ध लड्न लगातार करोडौं पैसा पानी झै बगिरहेको छ, जसको कारणले क्रिप्टो बजार परिवर्तन भएको छ। क्रिप्टोकरेन्सीको शेयर बजारसँगको निर्मित राम्रो सम्बन्धले गर्दा नै आहिले क्रिप्टोकरेन्सीलाई धेरै संकट आएको हो। Bitcoin ले आफ्नो तेस्रो  halving ( क्रिप्टोकरेन्सीको अन्तर्निहित अभावलाई हाइलाइट गर्नु) सर्वजतिक गरेको छ। लगभग ३०% प्रति दिनको दरले क्रिप्टोकरेन्सीले आफ्नो मूल्य गुमाउँदै छ। यसले प्रमाणित गर्दछ की क्रिप्टोकरेन्सी र परम्परागत वित्तीय नि कै जटिल रुपमा जोडिएका छन्।

भविष्य केही पनि निश्चितन भएको बेला, जुन निर्णयहरु आहिले लिइन्छ त्यसले लामो समय सम्म स्थायी असर देखाउन सक्छ। भाइरस पश्चात संसार एकदम भिन्न जस्तो हुनेछ, किनकि हामीले सामाजिक र आर्थिक मापदण्डहरूको नयाँ परिभाषा दिनुपर्नेहुन्छ। हामीसँग आहिले आशावादी हुन धेरै कुराहरु छैन, त्यस कारणले क्रिप्टोकरेन्सी र blockchain प्रविधिलाई आहिले अपवादको रुपमा राख्न सकिन्छ। तर कोविड-१९ पछिको समय भनेकै क्रिप्टोकरेन्सी र blockchain कै हो।

लेखक
गौरब चिमरिया

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...