Comments Add Comment

कोरोना संक्रमण बढ्न थालेपछि डिजिटल बैकिङमार्फत कारोबार गर्न बैंकर्स संघको आग्रह

काठमाडौं – नेपाल बैंकर्स संघले कोरोना संक्रमण जोखिम बढ्दै गएकाले सकेसम्म डिजिटल बैकिङमार्फत कारोबार गर्न सर्वसाधारण ग्राहकसँग अनुरोध गरेको छ । अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नगई घरबाटै डिजिटल बैकिङ (मोबाइल र इन्टरनेट बैंकिङ) को माध्यमबाट कारोबार गर्न संघले आग्रह गरेको हो ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनीकरणका लागि विद्युतीय कारोबारलाई प्राथमिकता दिन  सबै अपिल गरेको हो ।

एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्ने लगायतका कामहरु सहज रुपमा डिजिटल बैकिङबाट गर्न सकिन्छ । डिजिटल बैकिङ सेवा प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अप्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गरी सहयोग लिन पनि संघले भनेको छ । आफ्नो खाता वा खाताबाट भएको कारोबारका सम्बन्धमा कुनै जिज्ञासा भएमा सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न पनि संघले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर