2025-12-10 2:00 am

विभिन्न मन्त्रालयसहितका सरकारी वेबसाइट ‘ह्याक’

नेपाल सरकारका विभिन्न मन्त्रालय, आयोग र आयोजनाका वेबसाईटहरु ह्याक भएका छन् ।

सहकारी विकास मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाई मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग र केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाका वेबसाईट ह्याक भएका हुन् ।

यी मन्त्रालय तथा कार्यालयका वेबसाईटहरु खोल्दा फ्यामिली अट्याक साईबर नामक फेसबुक पेज देखिन्छ । सरकारी वेबसाईटहरु ह्याक भएपछि सरकारी तथ्यांकहरु चोरी भए/नभएको यकिन हुन सकेको छैन ।

सन् २०१७ मा पनि नेपालका १६० वटा सरकारी वेबसाईट ह्याक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad