Comments Add Comment

भासको ‘साहो’ पोस्टपोन्ड हुँदा श्रावण ३० मै रिलिज हुने भयो ‘हजार जुनी सम्म’

नेपाली चलचित्र क्षेत्रमा बलिउड र हलिउडको प्रभाव राम्रै पर्ने गरेको छ । बलिउड र हलिउडको फिल्मले नेपाली चलचित्रको ब्यापारमा पनि राम्रै असार पार्ने गरेको छ । बलिउड र हलिउडका प्रतिक्षित चलचित्र प्रदर्शन हुने दिन नेपाली निर्माताहरु आफ्नो फिल्म हल छिराउन मान्दैनन्।

सामान्य अर्थमा भन्न पर्दा बलिउड र हलिउडका प्रतिक्षित फिल्म सँग नेपाली निर्माताहरु डराउने गर्दछन् । नडराउन पनि कसरी जब कि नेपालमा उनिहरुकै असर राम्रो देखिन्न । कुनै पनि निर्माता आफ्नो लगानीमा पानी हाल्न चाहदैनन् । यही भिडमा साउथका सुपरस्टार प्रभास अभिनित फिल्म ‘साहो’ रिलिज हुने भए पछी भेट्रान निर्देशक बिकासराज आचार्य निर्देशित ‘हजार जुनी सम्म’ श्रावण ३० गतेबाट भाद्र ६ गतेलाई सरेको थियो । तर उक्त फिल्म पुरानै मितीमा फर्किएको छ । यस अघी १५ अगस्टमा रिलिज हुने भनिएको ‘साहो’ १५ दिन पछाडी अर्थात ३० अगस्टमा रिलिज हुने भएको हो ।

प्रभासको ‘साहो’ पोस्ट्पोन्ड भए पछी ‘हजार जुनी सम्म’ श्रावण ३० गते नै प्रदर्शन हुने भएको हो । निर्देशक आचार्यले फिल्मको नयाँ पोष्टर सार्वजनिक गर्दै ‘हजार जुनी सम्म’ फेरी श्रावण ३० गते नै रिलिज हुने जानकारी दिएका छन् । सार्वजनिक पोष्टरमा फिल्म श्रावण ३० गते नै रिलिज हुने उल्लेख गरिएको छ ।

फिल्म पुरानै मितीमा फर्किए पनि यसले दर्शकलाई भने अलमलमा पार्न सक्नेछ । बारम्बार रिलिज डेट फेरबदल हुन दर्शक झुक्किने सम्भावना धेरै रहनेछ । ‘हजार जुनी सम्म’ को हकमा पनि त्यसो नहोला भन्न सकिन्न ।

प्रभासको ‘साहो’ सँग ‘हजार जुनी सम्म’ सँग नजुध्ने भए पनि अन्य दुई बलिउड फिल्म भने सोही मितीमा प्रदर्शन हुनेछ । अक्ष्य कुमारको ‘मिसन मंगल’ र जोन अब्राहमको ‘बाल्टा हाउस’ पनि श्रावण ३० मै रिलिज हुँदैछ । उता सोही मितीमा रिलिज हुने अर्को नेपाली चलचित्र ‘दयारानी’ ले अहिले सम्म सोही मितीमा प्रदर्शन हुने देखिएको छ ।

आर्यन सिग्देल, प्रियका कार्की,सन्चिता लुइटेल,स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडेल, अनुभव रेग्मी, अखिलेश प्रधान लगायतको अभिनय रहेको चलचित्रमा निर्माता चाम्लिङकै कथा रहेको छ भने निर्माता आचार्य र सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर