Coronavirus COVID-19

भतिजीमाथी करणी गर्ने काका पक्राउ

[Ads]

सोलुखुम्बुमा आफ्नै भतिजीलाई वर्षौदेखी पटक पटक बलात्कार गरेको आरोपमा एक जना प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालिका १४ वर्षाकी हुन् । उनी ८ महिनामा गर्भवती रहेको अस्पतालले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएका बालिकालाई आफ्नै काकाले पटक–पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ वर्षीय काकालाई नियन्त्रणमा लिएको छ ।

युवकले आफ्नै दाजुको छोरीमाथि करणी गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै पीडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अभियुक्तले अपराध स्वीकार गरेका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु रहेको जनाएका छन् ।

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.