Coronavirus COVID-19

बम विस्फोट हुँदा धनगढीमा एकको मृत्यु , ४ घाईते

[Ads]

विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा बिहिबार राति ११ बजे मृत्यु भएको मृत्यु भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी घाइते भएका अन्य ४ जनामा होटल सञ्चालक धनगढी–४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव छन्। उनीहरूको उपचार माया मेट्रो अस्पतालमा जारी छ।
साँझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा बम विस्फोट भएको हो । विस्फोटमा होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाइते भएका छन् । घाइतेमध्ये होटल सञ्चालक पाण्डे र सिंहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते सबैको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ । पेस्तोल सक्कली वा अरु के हो एकीन हुन नसकेको प्रहरीको भनाइ छ । प्रबक्ता बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताउँदै घटनाको प्रकृति हेर्दा बम विस्फोट भएको हुनसक्ने बताए । उनले सुरुमा सिलिण्डर विस्फोट भएको आशंका थियो तर घटना स्थलको प्रकृति हेर्दा बम विस्फोट भएको बताए ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...