Coronavirus COVID-19

वर्षाका कारण प्रदेश १ मा १६ को मृत्यु ,५ वेपत्ता

[Ads]

अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोले प्रदेश १ मा शनिबार सम्म मुत्यु हुनेको संख्यामा १६ पुगेको छ । बाढी पहिरोमा परि ५ जना वेपत्ता छन् । १४ जिल्ला रहेको प्रदेश १ मा बाढी पहिरोमा मृत्यु हुनेमध्ये सबैभन्दा धैरै भोजपुरमा छन् । भोजपुरमा मात्र बाढी र पहिरामा परि पाँच जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेशअन्तर्गत मृत्यु हुनेको संख्यामा खोटाङमा ३, झापामा २, ओलढुंगामा ४, इलाममा १ र सुनसरीमा १ जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर कुमार दाहालले जानकारी दिए ।

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.