Coronavirus COVID-19

युवतीमाथि एसिड प्रहार गर्ने सात वर्षपछि पक्राउ

[Ads]

युवतीमाथि एसिड प्रहार गरी फरार भएका एक युवकलाई करिव सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आफूले राखेको प्रेम प्रस्ताव अस्विकार गरेपछि २०७० साल वैशाख ९ गते तत्कालिन हेटौंडा–३ (हाल हेटौंडा–२) की २० वर्षीया बिन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेर फरार भएको अभियुक्तलाई प्रहरी प्रधान कार्यालयबाट खटेको टोलीले पक्राउ गरेर शुक्रबार हेटौंडामा सार्वजनिक गरेको हो ।

हेटौंडा बजारको मुख्य चोकमा रहेको आफ्नै भाडा पसलमा बसिरहेको अवस्थामा कंसाकारलाई भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले अनुहारमा एसिड प्रहार गरी फरार भएका थिए।

‘प्रहरी प्रधान कार्यालयबाट निरन्तर खोजीपश्चात् उनलाई पक्राउ गर्न प्रहरीको टोली सफल भएको हो,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने। उनको अनुसार जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत कार्यरत प्रहरी निरीक्षक सागरशम्शेर जबरासहितको प्रहरी विशेष टोलीको सूचना र सहयोगको आधारमा मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। यो समाचार कान्तिपुर डट कम बाट साभार गरिएको हो ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...