Coronavirus COVID-19

नीता स्टारर ‘सोच’ ट्रेलर रिलिज

[Ads]

भाद्र २० बाट प्रदर्शनमा आउने फिल्म ‘सोच’को ट्रेलर रिलिज भएको छ । ट्रेलरले प्रेम र एक्सन बोल्छ । नीता ढुङ्गाना, प्रज्वल गिरी लगायत फिचर्ड छन् ।

पुजन सिंहको निर्देशनमा बनेको फिल्मलाई कृष्ण आचार्यले लेखेका हुन् । फिल्मको कथा भने निर्देशक पुजनको नै हो । नीता र प्रज्वलसँगै पुजन सिंह, सोनिका बाँस्तोला, विशाल पहाडी लिड अभिनयमा छन् ।

‘सोच’मा विदुर पाण्डेको छायाँकन छ भने प्रितम पाण्डेको सम्पादन छ । गंगा चज्जाक प्रकाशले निर्माण गरेको फिल्मलाई आरआर फिल्मस् ले वितरण गर्दैछ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...