Coronavirus COVID-19

लकडाउनमा ईन्टरनेटको खपत बढ्यो

[Ads]

सरकारले मंगलबारदेखि अत्यावश्यक सेवा बाहेक देशभर लक डाउन गरेको छ । अहिले घरमै थुनिएका करोडौं मान्छेको दिनचर्याको साथी ईन्टरनेट बनेको छ । 

मोबाईलमा डाटा प्याक, वाईफाई वा कुनै प्रदायकबाट लिईएका ईन्टरनेट सेवाको प्रयोग लक डाउनका समयमा अत्याधिक वृद्धि भए पछि नेटवर्क ट्राफिक जाम हुन सक्ने र सेवा नै अवरुद्ध हुन सक्ने जोखिम बढेको छ ।

यसो भयो भने अचानक ईन्टरनेट ठाँउ ठाँउमा बन्द हुन सक्ने छ । नेपाल दुरसञ्चार प्राधिकरणले सूचनै निकालेर यस्तो चेतावनी दिदै प्राथमिक र आवस्यक एप्लीकेसन मात्र चलाउन अनुरोध गरेको छ ।

नेपालका इन्टरनेट सेवाप्रदायकहरुले राति ८ देखि १० बजेको बीचमा एकैतिर धेरै खपत हुँदा नियमितको तुलनामा इन्टरनेटको गति पनि सुस्त भएको छ। सेवाप्रदायकहरुले उक्त समयमा अनावस्यक इन्टरनेट नचलाउन आग्रह गरेका छन्।

सूचना पढ्नुहोस्

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...