Coronavirus COVID-19

नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

[Ads]

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्‍या तीन पुगेको छ। आज कोरोना भाइरसबाट संक्रमित थप नयाँ एकजना बिरामी भेटिएपछि संक्रमितको संख्‍या तीन पुगको हो। उनको परीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा परीक्षणमा पोजेटिभ

रिपोर्ट देखिएको हो। उनको नाम र ठेगाना गोप्‍य राखिएको छ। यसबारे केहीबेरमा स्वास्थ्‍य मन्त्रालयले औपचारिक जानकारी गराउने बताइएको छ। ने

पालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो।उनी उपचारपछि निको भइसकेका छन्।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो। त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।

यो समाचार को स्रोत :- thahakhabar.com

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...