Coronavirus COVID-19

भारतमा २१ दिन लामो लकडाउनको घोषणा

[Ads]

नयाँ दिल्ली : कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘जनता कर्फ्यू’ भन्दा पनि कडा किसिमको लकडाउन घोषणा गरेका हुन्। 

मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ‘हिन्दुस्तान बचाउनका लागि आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गरिनेछ। यो जनता कर्फ्यू भन्दा कडा हुनेछ। यो २१ दिन लामो हुनेछ।’

घरबाट बाहिर निस्किने कुरा २१ दिनका लागि कल्पना पनि नगर्न मोदीले चेतावनी दिएका छन्। २१ दिन नसम्हालिने हो भने तपाईंको देश भारत र तपाईंको परिवार २१ वर्ष पछि पर्नेछ’, मोदीले भनेका छन्। प्रधानमन्त्री मोदीले विश्वका शक्तिशाली देशलाई पनि कोरोनाले थला पारेको बताउँदै भारतसँग यसबाट बच्न अर्को कुनै विकल्प नरहेको बताएका छन्। 

यो समाचार को स्रोत :- thahakhabar.com

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...