Coronavirus COVID-19

अमेरिकामा एकै परिवारका ४ जनाको मृत्यु

[Ads]

अमेरिकाको न्यूजर्सीमा कोरोना भाइरसका कारण एकै परिवारका ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । मृत्यु हुनेमा ७३ वर्षे ग्रेस फुस्को र उनका ३ सन्तान रिटा फुस्को–ज्याक्सन, क्यारमन फुस्को र भिन्सेन्ट फुस्को छन् । ठूलो पारिवारिक जमघटमा सहभागी भएका उनीहरुलाई कोरोना भाइरसको संक्रमण भएको थियो । परिवारका अरु ३ आफन्तलाई पनि अस्पताल भर्ना गरिएको छ । त्यस्तै, अरु १९ जना आफन्तहरुलाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ ।

शुरुमा गत शुक्रबार रिटा फुस्को ज्याक्सनको मृत्यु भएको थियो । न्यूजर्सी राज्यमा कोरोना भाइरसका कारण मृत्यु हुने उनी दोश्रो व्यक्ति थिइन् । गत बुधबार क्यारामाइन फुस्कोको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । क्यारामाइनको मृत्यु भएको केही घण्टाको अन्तरालमा उनकी आमा ग्रेस फुस्कोको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । अर्को दिन अर्थात् बिहीबार भिन्सेन्ट फुस्कोको पनि मृत्यु भएपछि एकै परिवारका ४ सदस्य कोरोना भाइरसका शिकार बन्न पुगेका हुन् । अमेरिकामा हालसम्म करिब २० हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना भाइरसका कारण हालसम्म २७६ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...