Coronavirus COVID-19

नेपाल आइडलमा सर्वाधिक भोट पाउँदै केभिन ग्लान तामाङ्ग जितको नजिक

[Ads]

नेपालकै चर्चित सिङ्गिङ्ग रियालिटी सो नेपाल आईडलले टप ४ को टुङ्गो लगाएको छ । बिहीबार भएको शृङ्खलामा पाँच जना प्रतिस्पर्धा मध्य सबै भन्दा धेरै भोट पाउँदै चितवनका केभिन ग्लान तामाङ्ग नेपाल आईडलको टप ४ मा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न २७ औँ शृङ्खलाबाट हाईएस्ट भोटेट कन्टेसटेन्ट हुदै केभिन नेपाल आईडलको टप ४ मा प्रवेश गर्न सफल भएका हुन् ।

उनले पाँच प्रतिस्पर्धा मध्य सबैभन्दा बढी भोट पाएका हुन् । उनले विरगञ्जबाट अडिसन दिएका थिए । नेपाल आईडलको उत्कृष्ट चारमा धरानकी सज्जा चौँलागाई , पोखराका नेशन मगर , बर्दियाका प्रविन वेडवाल रहेका छन् । बिहीबारको शृङ्खलाबाट काठमाण्डौँकी मेघा श्रेष्ठ बाहिरिएका छन् ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...