Coronavirus COVID-19

मानसिक रूपमा स्वस्थ बच्चा जन्माउन यसो गर्नुहोस्

[Ads]

मानसिक स्वास्थ्य भन्ने वित्तिकै हाम्रो दिमागमा नकारात्मक धारणा आइहाल्छ । तर मानसिक स्वास्थ्य भन्नाले मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ रहनु हो । जीवनयापन गर्ने क्रममा विभिन्न उतारचढावमा आउने तनावलाई सकारात्मक तवरबाट बहन गरेर अगाडि बढ्नुलाई पनि मानसिक स्वास्थ्य भनिन्छ ।

विश्वमा दोस्रो ठूलो रोगका रूपमा मानसिक स्वास्थ्य रहेको छ । मानसिक रोगबाट बच्न तथा बचाउन आमाको गर्भदेखि नै विचार पु¥याउनुपर्छ । गर्भ रहेदेखि बच्चा जन्मेको दुई वर्षसम्मको अवधि मानसिक स्वस्थ्यका लागि महत्त्वपूर्ण हुने मानसिक रोग विशेषज्ञ डाक्टर सरोज ओझा बताउँछन् । गर्भ रहेदेखि दुई वर्षको अवधिमा बच्चाको ९० प्रतिशत मानसिक विकास हुने उनको भनाइ छ । त्यसैले गर्भदेखि दुई वर्ष बच्चाको मानसिक विकासको सुनौलो अवधि हो । त्यसैले यो अवधि अत्यन्तै महत्त्वपूर्ण हुने डाक्टर ओझा बताउँछन् ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...