Coronavirus COVID-19

३० अप्रिल सम्मका लागी फिल्म हल पुर्ण रुपमा बन्द गरिने

[Ads]

कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले भाइरस नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरू लगतयका क्षेत्रहरू बन्द गरिने नियन्त्रण गरेको छ ।

बैठकले सिनेमा हल मात्र नभएर सांस्कृतिक केन्द्रहरू, रङ्गशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो । यसै गरी अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल नगर्न पनि सबैलाई निर्देशन गरेको छ । सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने निर्णयसमेत गरेको छ । यसको अनुगमन पनि गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने भएको छ ।

सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै वैशाखको तेस्रो सातासम्म रिलिजका लागि प्रदर्शन मिति तय गरेका चलचित्रको रिलिज प्रभावित हुने भएको छ । यसले, आउँदो वर्ष नेपाली चलचित्रको रिलिजको सेड्यूल भद्रगोल हुने पक्का छ । 

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...