Coronavirus COVID-19

भीमफेदी–कुलेखानी सडकखण्ड विस्तारको काम छिटो सक्न निर्देशन : मन्त्री फुयाँल

[Ads]

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भीमफेदी–कुलेखानी सडक विस्तार तथा निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले काम छिटो सकेर जनतामाझ सकारात्मक सन्देश प्रवाह गर्नाका साथै सहजता प्रदान गर्न आग्रह गरे । भौतिक पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सर्वपक्षीय बैठकमा मन्त्री फुयाँलले सो कुरा बताएका हुन् । बैठकले भीमफेदी–कुलेखानी हेबी सडकखण्डमा पटके सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा उक्त सडकखण्डमा केही दिनसम्म पटके सवारी सञ्चालन गरिने र वैकल्पिक बाटो निर्माण भएपछि पूर्णरुपमा सडक अवरुद्ध गरेर सडक विस्तार तथा निर्माण कार्यको थालनी गरिने निर्णय भएको सो मन्त्रालयका सचिव तेजराज भट्टले बताए । उनका अनुसार भीमफेदी कुलेखानी सडकको विभिन्न स्थानमा निर्माणको काम हुने भएकाले बुधबारदेखि बिहान ५ देखि ८ बजेसम्म, दिउँसो ११ देखि १२ ः ३० बजेसम्म र दिउँसो ३ देखि ८ ः३० बजेसम्म बाटो सञ्चालन हुने बताएको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...