Coronavirus COVID-19

‘परदेशी २’ मा आइडल हिरोसँग प्रकाशको स्क्रिन सेयर

[Ads]

चलचित्र ‘परदेशी २’ मा अभिनेता दीलिप रायमाझी पनि सामेल भएका छन् । ‘परदेशी २’मा आफ्ना आइडल दीलिप रायमाझी पनि जोडिएकोमा खुसी बेक्त गर्दै सिंगर तथा एक्टर प्रकाश सपुतले आफ्नु फेसबुक मार्फत खुशी बेक्त गरेका हुन् ।

‘म वास्तवमै नायक दिलिप रायमाझिको ठुलो फ्यान र उनैताका उहाँ जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउँले ठिटो, गलबन्दी गायक लेख्छन्, ‘आज त्यो सपना विपना भएको छ । र, म उनै मेरा प्रिय (आईडल) हिरोसँग स्क्रिन सेयर पनि गर्दैछु ।’ दीलिपको ‘परदेशी २’ मा विशेष भूमिका हुनेछ । मुख्य भूमिकामा प्रकाश सपुत प्रस्तुत भएका छन् ।

नारायण रायमाझीको निर्देशन रहेको चलचित्र ‘परदेशी २’ मा प्रकाश सपुतसँगै नायिकाद्वाय केकी अधिकारी र बर्षा सिवाकोटीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रको लेखन भने रमेश विजीले गरेका छन् । यतिबेला चलचित्रको छायाँकन पोखरा आसपासमा भैरहेको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...