Coronavirus COVID-19

आहा रारा गोल्डकप : थ्रीस्टारलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

[Ads]

नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पुलिसले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भई अधिकांश समय खेलमा पकड जमाएको थियो । खेलको आठौँ मिनेटमा रवि पासवानको ‘क्रसपास’लाई सदुपयोग गर्दै पुलिसका भरत शाहले टोलीलाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा एक शून्यले अग्रता लिएको पुलिसले खेलको ५१औँ मिनेटमा निरकुमार राईको गोलमार्फत अग्रता दोब्बर बनायो । खेलको ७२औँ मिनेटमा राईले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।खेलमा साबिक विजेता थ्री स्टार क्लबले समेत गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन । पुलिसले अब बिहीबार हुने मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लबबीचको खेलको विजेतासँग चैत १ गते उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ । सहारा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...