Coronavirus COVID-19

गंगा सापकोटाको मुक्तक वाचन

[Ads]

मुटु भाक्न तयार छु, धड्कन भाक्न तयार छु
तिम्रै निम्ति बाँचिरहेको जीवन भाक्न तयार छु
यदि तिम्रो प्रेमको मन्दिरलाई बलि चाहिन्छ भने
म निर्धक्कसंग आफ्नो, गर्धन भाक्न तयार छु

जीवन वसन्त थियो दुख हाहाकार थियो तिमी थियौ
हजार सपना थिए सपनाको संसार थियो तिमी थियौ
आज केही छैन न हर्ष न उल्लास न उमंग न उत्सव
हिजो जिन्दगी जिन्दगी कै उपहार थियो तिमी थियौ

छैन केहि गुनासो सकियो भन्नुस्
र यी ओठमा हाँसो सकियो भन्नुस्
कस्ले गर्यो माया कस्ले मार्यो माया
भो गर्दै नगरी चासो सकियो भन्नुस्

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...