Coronavirus COVID-19

कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था छैन, सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय

[Ads]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट त्रसित हुनुपर्ने अवस्था नगरेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले विहीबार विज्ञप्ति जारी गर्दै हाल ४ सय ३२ वना नमूना प्रयोगशाला परीक्षाण गिरएकोमा सबै नतिजामा संक्रमण नभएको देखिएको हुँदा त्रसित हुनुपर्ने कुनै कारण नभएको जनाएको हो ।

तथापि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सचेत हुन विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्नका लागि नियमित रुपमा २० मिनेटसम्म मिचिमिचि हात धुने, कोरोनाको आशंका लागेमा तत्काल उपचारका लागि अस्पताल जान समेत आग्रह गरेको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...