Coronavirus COVID-19

एसिड आक्रमण गर्ने युवकलाई ८ वर्ष जेल चलान

[Ads]

हेटौंडाकी विन्दवासिनी कंशाकारमाथि एसिड आक्रमण गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई ८ वर्ष कैदको फैसला गरेका छन् । उनलाई जिल्ला अदालत मकवानपुरले ८ वर्ष जेल चलान गर्न आदेश दिएको हो । न्यायधिश कमलराज विष्टको इजलासले केशरीलाई ८ वर्ष जेल चलानका लागि आदेश जारी गर्दै १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

त्यसैगरि जिल्ला अदालतले कंसाकारमाथि एसिड आक्रमणमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै सञ्जय मण्डललाई साँढे २ वर्ष कैद सजाय सहित ४० हजार जरिवाना फैसला गरेको छ । २०७० साल बैशाख ९ गते पसलमा बसिरहेको समयमा कंसाकारमाथि केशरीले एसिड आक्रमण गरि फरार रहेका केशरीलाई कार्तिक १४ गते बाराबाट प्रहरीले पक्राउ गरेको थियो । भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीलाई बारामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...