Coronavirus COVID-19

मेस्सीले आइबर बिरुद्ध व्यक्तिगत ४ गोल गरे

[Ads]

लिओनल मेसीले चार गोल गरेपश्चात साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा आइबरलाई ५–० ले पराजित गरेको छ । पहिलो हाफमा ४० मिनेटभित्रै ह्याट्रिक गरेका मेसीले दोस्रो हाफमा एक गोल थपेर आफ्नो व्यक्तिगत खातामा ४ गोल बनाए । दोस्रो हाफमा अर्को गोल आर्थर मेलोले गरे थिए । जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । २५ खेलबाट बार्सिलोनाको ५५ अंक हुँदा एक खेल कम खेलेको रियलको ५३ अंक छ ।

घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा मेसीले २६ मिनेटमा ह्याट्रिक गरेका थिए । खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ३७ औं मिनेटमा अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरे । दोस्रो हाफमा बार्सिलोनाले दुई गोल गर्दा मेसीले एक गोल थपे । ८७औं मिनेटमा मेसीले चौथो गोल गर्दा बार्सिलोनाले पनि ४(० को अग्रता बनायो । ८९ औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले फराकिलो जित हात पारेको हो । पराजित आइबर भने २४ अंकसहित अंकतालिकामा १६औं स्थानमा छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...