Coronavirus COVID-19

मोफसलमा व्यस्त हुँदा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सर्‍यो

[Ads]

फिफा विश्वकप २०२२ तथा एएफसी २०२३ छनोट अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपालको बन्द प्रशिक्षण ढिला गरि शुरु हुने भएको छ । यसअघि एन्फाले आजदेखि बन्द प्रशिक्षण शुरु गर्ने बताएको थियो । तर, खेलाडी क्लबबाट मोफसलका प्रतियोगिता खेल्न जाने भएपछि बन्द प्रशिक्षण ढिला गरी शुरु हुने भएको हो ।

अब राष्ट्रिय टोलीको बन्द पव्रशिक्षण फागुन १८ गतेदेखि शुरु हुनेछ । एन्फाले अष्ट्रेलियासँगको खेलका लागि शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ । नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र अभिषेक रिजाल प्रारम्भिक टोलीमै परेका छैनन् । उनीहरु विदेशी लिगमा व्यस्त रहेका कारण प्रारम्भिक टोलीमा नराखिएको एन्फाले बताएको छ ।

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...