
भदौ १९, २०७६ हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री र नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफरबीच बिहीबार हेटौंडामा भेटवार्ता भएको छ। भेटमा जर्मनी र प्रदेश ३ सरकारबीच प्राविधिक शिक्षाका विषयमा विशेष छलफल भएको थियो। प्रदेशसँग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदूत शेफरले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए। अहिलेको युग भनेको प्राविधिक शिक्षाको रहेको मुख्यमन्त्री पौडेलले बताएका थिए। प्रदेशमा प्राविधिक शिक्षाको धेरै सम्भावना रहेको पनि उनले बताए।
प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय भन्ने अभियान लिएको उनले जानकारी दिएका थिए। यसको लागि जर्मनीसँग थप छलफल प्रक्रिया अगाडि बढाउने बताए। राजदूत शेफरले जर्मनले प्राविधिक शिक्षालाई बिस्तार गरिरहेको बताए। प्रदेशसँग प्राथमिकता अनुसार पनि सहकार्य गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। प्रदेशले स्थानीय तहमा स्थापना गर्ने प्राविधिक शिक्षालयलाई सहयोग गर्न सकिने धारणा समेत राजदूत शेफरले राखेका थिए। उनले नेपालको विकासका लागि जर्मनी हातेमालो गरेर अगाडि जाने पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




