2025-12-07 2:02 pm

हेटौंडामा एकसाथ पाँच वटा सीपमुलक तालिमको सुरुवात

उद्घाटन गरेपछि सचिव युवराज सुवेदीले तालिमलाई उपलब्धीमूलक बनाउन प्रशिक्षक–प्रशिक्षार्थीले बिशेष ध्यान दिनुपर्नेमा जोड दिदै समर्पित भएर तालिममा सहभागी हुन आग्रह गरे । महाशाखा प्रमुख रिजालले तालिमलाई जिवन रुपान्तरण गर्ने प्रतिबद्धता लिएर सीप सिक्ने र सिकाउनुपर्ने बताए ।

कम्प्यूटरमा ३४, केश श्रृङ्गार तथा सौन्दर्यमा ३०, बिद्युत जडानमा २८, सिलाई कटाईमा २० र जनरल मेकानिक्समा ११ गरी एक सय २३ जनाको सहभागिता रहेको छ । ब्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख युवराज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका फणिन्द्र तिमल्सिनाले कार्यक्रमको उदेश्यसहित स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad